सेवा समिती नेपालको ९औ पुर्ण बैंठक तर्फ प्रस्थान

बर्तमान श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री बिभुषित जगदगुरु आचार्यश्री कृष्णमणिजि महाराजश्रीको देउमाइ नगरपालिका जीतपुर इलाम स्थित जन्मगृहमा एहि २०८० जेष्ठ १३ गते आयोजन गरिएको श्रीकृष्ण प्रणामि सेवा समिती नेपाल को ९औ पुर्ण बैंठकमा सहभागिताको लागि आज बिहान काठमाडौं -सिन्धुली झापा हुँदै कार्यक्रम स्थल तर्फ प्रस्थान गरियो।

बैठक सप्पन्न गरि केन्द्रीय अनुगमन तथा निरीक्षण टोलि तेह्रथुमको फगुवा, ताप्लेजुङको आम्बेगुदिनको कार्य सकि जेष्ठ १८ देखि २५ गते सम्म झापा जिल्लाभरका सबै ३७ इकाई को अनुगमन निरीक्षण सम्पन्न गरि काठमाडौं फर्किने तालिका तय गरिएको जानकारी प्रेषित गर्दछौं । देश भर बाट पदाधिकारीज्युहरु कार्यक्रम स्थल पुग्ने क्रम जारी छ । सबैको सुखद यात्राको कामना साथ आत्मिय स्वागत गर्दछौं ।

श्रीराजश्यामाजिको मेहेर

।।प्रेम प्रणाम ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *