श्रीकृष्ण प्रणामी सेवा समिती नेपालको कार्य नीति बमोजिम नेपाल राज्य भर रहेका प्रणामी समाजका सस्थाहरुमा आबद्ध सम्पुर्ण इकाई तथा जिल्ला समितिको प्रत्यक्ष स्थलगत अनुगमन निरीक्षण जायजेथाको भौतिक विवरण संकलन साथै सुन्दरसाथ को जनसंख्या अभिलेख संकलन को लागि केन्द्रीय समितिबाट १४२ इकाईको कार्य सम्पन्न गरिसकिएकोमा हाल मोरङ सुनसरी र झापा जिल्ला स्थित इकाई हरुको कार्य तदारुकताका साथ भइरहेको छ । सो कार्यको लागि केन्द्रीय सचिवालय काठमाडौं बाट महासचिव श्री नवराज कोइरालाले समन्वय गर्नुभएको सो एतिहासिक महत्त्वपूर्ण कार्यमा आदरणीय सन्त गुरुजनका साथै केन्द्रीय , जिल्ला र इकाई पदाधिकारीज्युहरुको उल्लेखनीय साथ सहयोग रहेको समाचार प्राप्त हुदा अत्यन्त खुसिको अनुभूति भएको छ । आदरणीय सन्त गुरुजनमा आशीर्वादको लागि आभार प्रकट गदै सम्पुर्ण पदाधिकारीजन मा हार्दिक साधुबादका साथ प्रेम प्रणाम प्रेषित गर्दछौ।
साथै , एहि जेष्ठ १३ गते श्रीकृष्ण प्रणामी सेवा समिती नेपालको ११ औ पुर्ण बैठक बर्तमान श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त श्री बिभुशित जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराजजिले एस धराधाममा पदार्पण गर्नुभएको स्थान जीतपुर इलाम स्थित गृह परिसरमा आयोजना गर्ने तय भए अनुसार केन्द्रीय धाम श्रीनवतन धामबाट पाल्नुहुने आदरणीय महन्त स्वामी श्री १०८ पुरुशोत्तम महाराजजि साथै नेपाल राज्यभर बाट उपस्थित हुनुहुने पदाधिकारी गणको झापा देखि इलाम सम्मको यातायात आवास भोजन तथा बैठकको लागि आवस्यक सम्पुर्ण ब्यबस्थापन तेस क्षेत्र बाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय उपाध्यक्षद्वय श्री शारदा थपलियाजि , कृष्ण प्रसाद बजगाइजि सदस्य श्री चन्द्र डागिजीले समन्वय गरि तयारी पुरा गर्नुभएकोमा उहाँहरुसहित सहयोगी सबैमा हार्दिक आभार र साधुबाद प्रेषित गर्दछौ।


