“तुम सेवा से पावोगे पार, सुख सितल करु सन्सार”
आज अग्नि पिडित दक्षिण ललितपुर निबासी श्री रामशरण सापकोटाज्यूको सहयोगको लागी श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति ललितपुरको अगुवाईमा आर्थिक सहयोग संकलन गरि सन्कलित नगद रकम श्रीकृष्ण प्रणामी केन्द्रीय कोषमा जम्मा गरि , सो रकम पुनः कोषबाट निकाली ललितपुर जिल्ला को विकट पहाडी स्थान भट्टेडाडा भैसे अवस्थित घटना स्थल मै पुगि कृष्ण प्रणामी समाजको तर्फबाट अग्नि पीडितलाई रकम हस्तान्तरण कार्यक्रम सपन्न गरियो । उपस्थित पदाधिकारी बर्ग, सहयोग दाताहरु, सामाजिक अभियन्ता हरु सबैमा आत्मिय अभिवादन सहित ।। प्रेम प्रणाम ।।

